त्रिभुवन विमानस्थलमा बम राखिएको भन्दै फोन आएपछि…


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थल खाली गरिएको छ । अज्ञात व्यक्तिले विमानस्थलमा बम राखिएको भन्दै फोन गरेपछि विमानस्थल खाली गरिएको हो ।

हाल नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले शंकास्पद वस्तुको सर्च अपरेसन जारी राखेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।