हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित भवन उद्घाटन



काठमाण्डौ, वैशाख १९ गते सोमबार रामशाहपथ पुतलीसडक स्थित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजको नव निर्मित अत्याधुनिक भवनको आज एक समारोहका बीच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव राज कोइरालाले उद्घाटन गर्नुभयो ।


कलेजको आफ्नै हलमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि उपकुलपति कोइरालाले आफ्नो सम्बोधनमा हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज राष्ट्रकै एक उत्कृष्ट कलेज रहेकाले यसमा पढ्न पाउनु विद्यार्थीका लागि सुवर्ण अवसर रहेको बताउनु भयो । आफू उक्त कलेजका बारेमा धेरै अगाडिबाटै जानकार रहेको र कलेजको शिक्षा क्षेत्रमा ठूलो योगदान रहेको बताउँदै आफ्नै भवन निर्माण पश्चात शैक्षिक गुणस्तर अभिवृद्धि र कलेजको स्थायित्वमा थप बल पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । कलेजमा रहेको अहिलेको टिम भरोसायोग्य भएकाले कलेजले विगत २२ वर्षमा हासिल गरेको विरासतलाई कायम राख्दै थप उचाइ र उत्कृष्टता हासिल गर्ने भन्दै कलेजको उत्तरउत्तर प्रगतिको कामना व्यक्त गर्नु भयो ।

सोही समारोहलाई सम्वोधन गर्दै पूर्वाञ्चल विश्वविद्यालयका रजिष्टार निलमणि पोखरेलले हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजले सुरुका दिनमा पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्व मेचि देखि पश्चिम महाकाली सम्म चिनाउने काम गरेको र विद्यार्थीहरुको पहिलो रोजाइको कलेज रहेका बताउनु भयो । ह्वाइटहाउस पढ्नु कुनै पनि विद्यार्थीहरुका लागि गौरव र प्रतिष्ठाको विषय रहेको वताउनु भयो ।

परीक्षा नियन्त्रक प्रा.मोहन वहादुर वस्नेतले पूर्वाञ्चल विश्वविद्यालयले समयानुकुल परीक्षा प्रणालीमा सुधार गर्दै आइरहेको र अझै यसलाई परिष्कृत गर्दैै जाने बताउँदै कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । उक्त समारोहलाई त्रिभूवन विश्वविद्यालय, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुलचोक क्याम्पसका प्रा.डा. विनोद पराजुली र पूर्वाञ्चल विश्वविद्यालय शिक्षक संघका सभापति डा.सन्देश दास श्रेष्ठले पनि सम्वोधन गर्नुभएको थियो ।

समारोहको अध्यक्षता कलेजका प्रिन्सिपल प्रा। तोयानारायण पौडेलले गर्नु थियो भने कार्यक्रम सञ्चालन कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्यले गर्नुभएको थियो । कलेजका भाइस प्रिन्सिपल डा। अजय खड्काले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमा कलेजका अध्यक्ष ई.लक्ष्मण पोखरेलको पनि उपस्थिति थियो । कार्यक्रममा कलेजका प्राध्यापक, शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरुको समेत सहभागिता थियो ।

रामशाह पथ, पुतलीसडक स्थित हवाइटहाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धमा विगत २२ बर्षदेखि अविछिन्न रुपमा सञ्चालित नेपालकै एक उत्कृष्ट कलेज हो । यस कलेजमा स्कूल अफ् साइनस एण्ड टेक्नोलोजि इन्जिनियरिङ्ग अत्तर्गत बिई सिभिल, बिई कम्प्युटर, बिई इलेक्ट्रोनिक्स, कम्युनिकेशन एण्ड अटोमेसन, बि टेक इन बायोटेक्नोलोजी र बिआइटी कार्यक्रमहरु सञ्चालनमा छन् । त्यस्तै स्नातक तहमा स्कूल अफ म्यानेजमेन्ट र आर्टस अत्तर्गत बिबिए, बिएचएम र बिएलएएस का साथै स्नातकोत्तर तहमा एमबिए र इएमबिए कार्यक्रमहरु सञ्चालित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उदयपुरको लिम्चुङबुङका कर्मचारीले हप्तामा दुई दिन जातीय वेशभूषा लगाउनुपर्ने

गाईघाट । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा

ललितपुरमा १५ वर्षीय दाजुले गरे ११ वर्षीया बहिनीको हत्या

काठमाडौं । ललितपुरमा ११ वर्षीया बहिनीको हत्या आरोपमा आजु पक्राउ परेका छन् ।

तस्बिरमा बोडेको जिब्रो छेड्ने जात्रा

भक्तपुर । बिस्काः जात्राअन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

सर्वोच्चद्वारा छबिलाललाई थुनामा पठाउनुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआइजी छविलाल जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन