गण्डकी प्रदेशकाे राजधानी पोखरामा ए.सी.सी.ए.को सम्पर्क कार्यालय स्थापना



पाेखरा, नेपाली विद्यार्थीहरुलाई नेपालमा ए.सी.सी.ए. अध्ययन शुरुवात गराउने नेपाल कै पहिलो एन सि ए कलेज अफ म्यानेजमेन्ट ले गण्डकी प्रदेशको राजधानी पोखरामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

बैशााख ११ गते सोमवार पोखराको जीरो किलोमा अवस्थित पोखराकै ठूलो फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन र एन.सी.ए.कलेज अफ म्यानेजमेन्ट का विच एक सम्झौतामा हस्ताक्षर भई एन.सी.ए.को पोखरा सम्पर्क कार्यालय फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन जीरो किलोमा रहने सहमति भयो । उक्त सहमति पत्रमा एन.सी.ए.को तर्फबाट अध्यक्ष सुरेश पण्डित र फेम एजुकेशनका तर्फबाट प्रिनसिपल बिजय बरालले हस्ताक्षर गर्नु भयो ।

उक्त हस्ताक्षर समारोहलाई सम्वोधन गर्दै एन.सी.ए.कलेजका अध्यक्ष सुरेश पण्डितले विश्वभरीनै सर्वाधिक लोकप्रिय रहेको ए.सी.सी.ए.कोर्शको वारेमा सो क्षेत्रका विद्यार्थीहरुले संम्पर्क कार्यालयबाटै फष्टह्याण्ड जानकारी प्राप्त गर्न सक्ने बताउदै बिद्यार्थीहरुका लागि सुविधा होस भन्ने उदेश्यले उक्त कार्यालय स्थापना गरिएको बताउनु भयो । यसै गरि फेम एजुकेशनका निर्देशक तिलक लामिछानेले आफ्नो संस्थालाई विश्वास गरि एन.सी.ए.को सम्पर्क कार्यालय राख्न पाउनु सुर्वण अवसर रहेको बताउदै यस क्षेत्रमा ए.सी.सी.ए. कोर्श को प्रवद्र्धनको लागि आफुहरु प्रतिवद्ध रहेकोमा विश्वस्त रहन आग्रह गर्नु भयो ।

एन.सी.ए.कलेजले नेपाली विद्यार्थीलाई विगत १८ बर्षदेखि निरन्तर रुपमा गुणस्तरिय ए.सी.सी.ए.  ब्यावसायिक शिक्षा प्रदान गर्दै आएको साथै सन् २०१० मा कलेजको अध्ययन/अध्यापनको गुणस्तर मापन गरि द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले अप्रुभ लर्निङ पार्टनर गाेल्डको मान्यतादिएको कलेज हो । शिक्षा मन्त्रालयबाट ए.सी.सी.ए. कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो गाेल्ड स्टाटस कलेज हो भने ए.सी.सी.ए. बेलायतको द एसाेसिएसन अफ चार्टड सर्टिफाइड अकाउण्टेन्ट युकेद्धारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।

उक्त कार्यक्रममा एन.सी.ए. कलेजका सल्लाहकार एवं. जनता टेलीभिजनको शिक्षाकाका कुरा कार्यक्रमका निर्माता एवं प्रस्तोता नारायण आचार्य, फेम एजुकेशनका प्रिनसिपल जिजय बराल, उक्त संस्थाका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुको समेत उपस्थिति थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभियन्ता हौं भन्दै गैरकानुनी रुपमा संस्था खोली ठगी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं । प्रहरीले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने चार जनालाई ठगीको आरोपमा पक्राउ गरेको

बजेट पारित गर्ने दिन सदन बहिष्कार गर्ने सांसद सिंहको चेतावनी

काठमाडौं । प्रतिनिधिसभा सांसद अमरेशकुमार सिंहले बजेटमा बिभेद भएको भन्दै प्रधानमन्त्रीको जवाफ माग

लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका(भिडियो)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमण : वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान

भीष्मराज ओझा, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी