राजस्व चुहावटको आरोपमा ६ जनाविरूद्ध ४२ करोड विगो माग दाबी गर्दै मुद्दा दर्ता



काठमाडौं । राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ६ जनाविरूद्ध मुद्दा दायर गरेको छ । विभागले आइतबार उच्च अदालत पाटनमा ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बराबरको राजश्व चुवाहट गरेको भन्दै मुद्दा दायर गरेको हो।

पर्सा वीरगन्ज महानगरपालिका– २८ का रामेश्वर पण्डित भन्ने रामेश्वर तिवारी, काभ्रे पाँचखाल नगरपालिका–४ का ३१ वर्षीय श्यामबहादुर श्रेष्ठ, गुल्मीका विष्णु एन्ड विकेश सप्लायर्सका प्रोप्राइटर ४२ वर्षीय विष्णुप्रसाद घिमिरे, कारोबार हेर्ने व्यक्ति तथा रमाशंकर गुप्ता र ४२ वर्षीय मनोज साह कलवार छन् ।

त्यस्तै काठमाडौं महानगरपालिका–१३ ताहचल बस्ने भारतीय नागरिक विमला इन्टरनेशनलको कारोबार हेर्दै आएका ३२ वर्षीय अमितकुमार अग्रवाल छन् । श्यामबहादुर भने ना. ७ ख १६७ नम्बरको ट्रकका धनी तथा चालक हुन् । उनीहरूमाथि राजस्व चुहावट गर्ने मनसायले भन्सार चोरी पैठारी गरी भारतीय कपडा लगायतका मालवस्तुहरू काठमाडौंमा ल्याएर बेचेको आरोप छ ।

विभागले उनीहरूविरूद्ध बिगो र त्यसको शतप्रतिशत जरिवाना हुनेगरी जम्मा २२ करोड ९५ हजार ४३० रुपैयाँ जरिवाना र कैद सजायको माग गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा । प्राकृतिक सौन्दर्य र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा

आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

  काठमाडौँ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका