गहना पोखरीमा ‘गहना खोज्ने जात्रा’ (फोटोफिचर)



काठमाडौँ । काठमाडौंको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने ‘गहना खोज्ने जात्रा’ यस वर्ष पनि धुमधाम साथ मनाइएको छ। ऐतिहासिक महत्त्वको यस जात्रा नेवार समुदायमा लोकप्रिय छ ।

यस जात्रामा स्थानीय नेवार समुदायका युवाहरूले काँधमा टुँडालदेवीको पालकी बोकेर हराएका गरगहना खोज्ने गर्छन् । किरातकालदेखि नै चल्दैआएको मानिने यस जात्रामा हजारौं युवाको भीड लाग्ने गर्छ ।

वैष्णवीदेवी पनि भनिने टुँडालदेवीलाई युवाहरूले पोखरीमा तीन पटक घुमाउँछन् । यस जात्रासँग जोडिएका किंवदन्ती अनुसार टुँडालदेवीका गहना खोज्न रथलाई पोखरीमा लैजाने चलन छ ।

तस्बिरः रत्न श्रेष्ठ, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन

त्रिशूली । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा

दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रलाई दर्शकको राम्रो साथ

काठमाडौं । गत दसैँदेखि प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको राम्रो साथ पाएका छन्

चितवनमा स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

काठमाडौं ।  नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज