महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान



काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ ।

डा. पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा. पुनसँग अन्तरक्रियासमेत गरिएको थियो ।

कार्यक्रममा डा. पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ/नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए । कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्लेट तथा ढुङ्गा खानी उत्खनन गर्न पाइने

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

दूध बेचेर मासिक दुई लाख कमाइ

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि

काठमाडौंको तिनकुनेमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ तिनकुने गैरीगाउँ पेट्रोलपम्प अगाडि शनिबार बिहान भएको मोटरसाइकल दुर्घनामा