काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि यसअघि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ ।
बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि तोकिएका ७१ जना निर्वाचन अधिकृतलाई विभिन्न कारणले काम गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै उनीहरुको स्थानमा ७१ जना नयाँ निर्वाचन अधिकृत नियुक्त गरेको जानकारी दिइएको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले स्थानीय तह निर्वाचन २०७९ मा खटिने निर्वाचन अधिकृतहरुका लागि प्रशिक्षण प्रदान गर्नका लागि चैत २३ गते निर्वाचन व्यवस्थापन तथा सञ्चालन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको जानकारी दिए ।

प्रतिक्रिया