काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका १४ जना सांसदविरुद्ध परेको रिटको चैत २७ गतेका लागि पेशी तोकिएको छ ।
मुद्दाको पेसी संयुक्त इजलासमा आइतबारका लागि तोकिएको थियो । न्यायाधीश नहकुल सुवेदीले एकीकृत समाजवादीमा रहेका सोमप्रसाद पाण्डेसँग सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र ओलीले दायर गरेको मुद्दामा पनि पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका थिए ।
ओलीले दायर गरेको मुद्दा सुनुवाइका लागि चैत २७ गते पेस गर्न न्यायाधीश सिन्हा र सुवेदीको इजलासले आदेश जारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका १४ सांसदमाथि कारबाही कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


प्रतिक्रिया