आजदेखि नेपाली र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास



काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त अभ्यास ‘ब्यालेन्स नेल’ आजदेखि सुरु हुँदैछ । सेनाको रेञ्जर फौज र अमेरिकी सेनाको स्पेशल फौजबीच नियमित प्रक्रिया र अभ्यासका रूपमा ‘ब्यालेन्स नेल’ हुन लागेको हो ।

अमेरिकी सेना र नेपाली सेनाबीच यस्तो संयुक्त अभ्यास सन् २००३ अगस्टदेखि हुँदै आएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए । अहिलेसम्म ब्यालेन्स नेलका ३९ वटा अभ्यास पूरा भइसकेका छन् । उनका अनुसार रेञ्जर फौजका झण्डै चार हजार सकल दर्जालाई यस्तो तालिम प्राप्त भइसकेको छ ।

संयुक्त राज्य अमेरिकाका २० सैनिक र नेपाली सेनाका ९० सैनिक तालिममा सहभागी हुँदैछन् । तालिममा द्वन्द्वका समयमा मानवअधिकार एवं कानुनको परिपालना, जङ्गल वारफेयर र सैनिक ट्याक्टिसलगायत अरु विषयमा समेत व्यावहारिक अभ्यास र ज्ञान दिइनेछ । यस्ता तालिमबाट नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न योगदान पुग्नेछ ।

परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयको समन्वय र स्वीकृतमा सञ्चालन भएको उक्त तालिम फिल्ड, टेबल र कक्षाकोठामा सञ्चालन हुनेछ । अमेरिकाले विश्वका विभिन्न देशसँग यस किसिमका संयुक्त अभ्यास गर्दै आएको छ । दुई हप्ताअघि अमेरिकी सेना र नेपाली सेनाको मेडिकल जनशक्तिबीच समेत संयुक्त तालिम सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाटको पुल अलपत्र

मन्थली । रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

–सागर गिरी, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि

राष्ट्र किन आज ‘ग्रे जोन’मा पुग्यो, जाँच गर्न तत्काल स्वतन्त्र आयोग गठन गर्नुपर्छ

-डा. युवराज संग्रौला नेपालको रास्ट्रभाषा नेपाली अहिले घृणा व्यक्त गर्ने अस्लिल, हिंसात्मक उत्तेजना

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको