नेपाली सेनाद्वारा ठूलो संख्यामा आवेदन माग



काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ । सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग गरेको हो । भर्ना छनौट निर्देशनालयले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गरी विभिन्न गणका लागि सैन्य पदमा आवेदन खुला गरेको छ । चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग भएको छ भने अरू समावेशीतर्फ मागेको छ ।

आजदेखि वैशाख १६ गतेसम्म आवेदन दिन सकिन्छ । फारम बुझाउँदा १५० दस्तुर लाग्नेछ । ८ कक्षा पास गरेकाले पनि दरखास्त दिन पाउनेछन्। पुरूषका लागि उचाइ न्युनतम ५ फिट ३ इन्च हुनुपर्नेछ भने महिलाका लागि न्युनतम ५ फिट हुनुपर्नेछ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकोले दरखास्त दिन पाउनेछन्। परीक्षा भने जेठ ५ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाटको पुल अलपत्र

मन्थली । रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

–सागर गिरी, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी