सहमतिको शारीरिक सम्बन्धलाई बलात्कार परिणत गर्न खोज्ने किशोरीलाई साढे ३ वर्ष जेल सजाय



काठमाडौं । सहमतिमा यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले साढे तीनवर्ष जेल सजाय सुनाएको छ । अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो ।

ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन् । गत माघ १५ गते बिहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो । तर उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि उनले जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन् ।

बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी ती किशोरीको थियो। एकै कोठामा अलग अलग सुते पनि राति आफूलाई जवरजस्ती करणी गरेको जिकिर उनको थियो । तर जिल्ला सरकारी वकिलसँगको बयानमा ती पुरुषले जवरजस्ती करणी नगरेको बताएका थिए। बरु किशोरीसँगकै सहमतिमा यौनसम्बन्ध स्थापित गरेको बयान न्यायाधीवक्तासमक्ष दिएका थिए ।

उक्त दिन किशोरीकै घरमा बास बसेका ती पुरुष आफन्तसहित बिहेको टुंगो नगरी फिरेको खुलेको छ। आफन्तको निधन भएकाले तत्कालै बिहे गर्न सम्भव नभएको बताएर गएका ती पुरुषमाथि किशोरीले बलात्कार मुद्दा हालेकी थिइन् । किशोरीले जिल्ला न्यायाधीवक्तसँगको बयानमा ती पुरुषले बिहे नगर्ने बुझेपछि बलात्कार मुद्दा चलाएको बताएकी थिइन् ।

दुवैजनाको बयान सकिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उक्त मुद्दा अदालत लगेको थियो। अदालतले पनि दुवैको बयान, आवश्यक प्रमाण र शारीरिक परीक्षणसहितको विवरणको अध्ययन गरेपछि ती किशोरी र पुरुषबीच सहमतिमै यौन सम्बन्ध स्थापित भएको ठहर गरेको छ । यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,