साना दलले आफ्नै दलको चिह्नमा चुनावमा भाग लिन पाउने



काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

जिल्लामा सङ्गठन संरचना रहेको विवरण प्राप्त भएका दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न प्रदान गर्नेगरी आयोगले मतपत्र तयार गर्न लागेको छ । तत्तत् दलको जिल्लागत सङ्गठन संरचनाका आधारमा जिल्लागत तहमा दलको सङ्ख्यात्मक उपस्थिति भिन्नभिन्न रहेको छ । राष्ट्रिय मान्यता प्राप्त छसहित ७३ राजनीतिक दलले स्थानीय तह निर्वाचनका लागि दल दर्ता गराएका थिए ।

राष्ट्रिय मान्यता प्राप्तबाहेकका दललाई आआफ्नो दलको निर्वाचनमा चुनाव चिह्नमा निर्वाचनमा भाग लिने भए जिल्लागत क्रियाशील सङ्गठन संरचना बुझाउन समयसीमा तोकेर निर्देशन दिएको थियो ।

यसअघि राष्ट्रिय मान्यता दलबाहेक अन्य दललाई स्वतन्त्र समूहबाट चुनाव चिह्न प्रदान गर्ने अभ्यास थियो । स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाइका लागि आयोगले जनकशिक्षा सामग्री केन्द्रलाई तयारी हालतमा राखिएको छ । मतपत्रका लागि आयोगले आवश्यक कागजको यसअघि नै व्यवस्थापन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतविरुद्ध माग्यो उजुरी

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश र राजदूतहरूमाथि उजुरी आह्वान गरेको छ

मुस्ताङको चराङ दरबार संरक्षणको पर्खाइमा

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा रहेको ऐतिहासिक महत्वको चराङ दरबार । ढुङ्गा र

बनेका कानुनको कार्यान्वयनमै समस्या छः मुख्यमन्त्री लामा(अन्तरवार्ता)

हेटौँडा । विभिन्न आन्दोलन तथा सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा

पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाकी काली लुहारले दुई बिघा जमिनमा धानखेती गरेकी