२५ जना डीएसपीको काज सरुवा
काठमाडौं । नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षक(डीएसपी)को काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगत रहेको मानवस्रोत एवम् प्रशासन विभागले आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले उनीहरुको सरुवा गरिएको जनाएको छ । म्याग्दी जिल्लाको इन्चार्जमा तिलक भारतीलाई पठाइएको छ ।
सोलुखुम्बुमा सुनिलजंग शाह, ताप्लेजुङमा कैलाश राई, पश्चिम रुकुममा विष्णु सोती र पूर्वी रुकुममा प्रकाश डाँगीलाई काज सरुवा गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर खटाइएको छ ।