रघुगङ्गाका सबै विद्यालयमा ‘बोल्ने किताब’



म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को उपलब्धता गराइएको छ । गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको हो ।

‘बालबालिकाको इच्छा, प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई पठनपाठनमा प्रयोग गर्ने गरी उक्त बोल्ने किताबलाई प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । प्रतिसेट ६५ हजार रुपैयाँको लागतमा ३३ वटा बोल्ने किताबको सामग्री खरिद गरी सबै विद्यालयलाई उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभाबाट विनियोजन भएको २२ लाख ६५ हजार बजेटबाट प्रविधियुक्त बोल्ने किताबको डिजिटल पुस्तक र विद्युतीय कलमलगायत सामग्री खरिद गरी शिक्षकहरूलाई अभिमुखीकरणसमेत गरेर उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । विद्यालयहरूले बालकक्षादेखि ५ कक्षासम्म उक्त बोल्ने किताबलाई पालैपालो शिक्षणमा उपयोग गर्दै आएका छन् ।

प्रविधियुक्त बोल्ने किताब शिक्षण विधिले विद्यार्थीलाई आकर्षण गरेको रघुगङ्गा–३ को ज्ञानोदय माविका शिक्षक उर्मिला रेग्मीले बताए । “मनोरञ्जन र ज्ञानवद्र्धक कुरालाई समेटिएको किताबमा कलमले देखाउँदा आफैँ बोलेर पढाउने भएकाले विद्यार्थीलाई थप उत्सुकता र मनोरञ्जन मिल्ने गरेको छ, शिक्षणमा प्रविधिको प्रयोगलाई बढवा दिन यसले थप प्रेरित गरेको छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ

‘सडकमा अहिलेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ’

  काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा

कुलमानको जवाफः घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको छु, कारबाही गर्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका