इञ्जिनीयर्स एसोसिएसनको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक समूह निर्वाचित



काठमाडौं । नेपाल इञ्जिनीयर्स एसोसिएसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपालका डा हरिबहादुर दर्लामी निर्वाचित भएका छन् । दर्लामीले तीन हजार ९३० मत प्राप्त गरेका निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिए ।

यसैगरी उपाध्यक्ष पदमा पनि लोकतान्त्रिक समूहकै डा नारायणप्रसाद अधिकारी चार हजार २१ मत प्राप्त गरी निर्वाचित भएका छन् । सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको समितिले जनाएको छ । महासचिव पदमा रविभूषण झाले चार हजार २९८ मत पाएका छन् । उपमहासचिवमा सरोज धितालले तीन हजार ६८३ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा दिनेश त्रिपाठीले तीन हजार ६०५ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा दीपक अधिकारी तीन हजार ३४२ मत ल्याई विजयी भएका छन् । एसोसियसनको सबै सदस्य पदमा पनि लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशबाहेकका छ प्रदेशको एसोसियसनमा पनि लोकतान्त्रिक समूहको नेतृत्व निर्वाचित भएको छ ।

मधेस प्रदेशका अध्यक्षमा भने नेशनल इञ्जिनीयर्स एसोसियसन नेपालका गौरी पण्डित अध्यक्ष पदमा निर्वाचित भएका छन् । एसोसियसनका निर्वाचित अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित भएका छन् ।

वाग्मती प्रदेशमा पनि लोकतान्त्रिक समूहकै रोहिणी पौडेल निर्वाचित भएका छन् । यसैगरी प्रगतिशील समूहबाट केन्द्रीय अध्यक्षमा डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिष्पर्धा गरेको थियो । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि छ प्रदेशसहित केन्द्रमा पनि निर्वाचित भएको छ ।

एसोसियसनको ३३औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एसोसियसनबाट इञ्जिनीयर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवार निर्वाचित भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारमा पानी निर्यातको अवसर बन्नसक्छ अमिरको नेपाल भ्रमण

  काठमाडौँ ।  नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका

यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप