९० लाखको चिठ्ठाको लोभमा २९ लाख फस्दा…



काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी २९ लाख गुमाउनुपरेको हो ।

उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए ।

पीडितले भने ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४ घर भई हाल भक्तपुरको थिमी बस्ने वर्ष ३८ का गम्दीप गौतम रहेको खुल्न आएको मानगरीय अपराध महाशाखाले जनाएको छ ।

पीडितको जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,