नेशनल प्याब्सनको उपमहासचिवमा प्रकाश खड्का चयन



काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । शिक्षा क्षेत्रमा गत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार थिए ।

बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनले सहअध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल, यमबहादुर खडका, शम्भु अधिकारी, श्यामसिङ मौनी, जयबहादुर श्रेष्ठ, ब्रजेन्द्र मिश्रा, डम्बर कार्की, तिलक चौहान, सुबोद डाँगी, कमलकुमार सिङ, महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभाट, प्रकाश खड्का, कोषाध्यक्षमा प्रताप थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछु चयन भएका छन् ।

सुुदूरपश्चिबाट धर्मराज रेग्मी–केन्द्रीय सचिव, सत्येसबहादुर चन्द, दिपक भट्ट, तेजराज खनाल (केन्द्रीय सदस्य) लगायत ५७ जना केन्द्रीय समितिमा चयन भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको

दिक्तेल-खानीडाँडा-आहाले सडकः ६ वर्षपछि कालोपत्र सुरु

खोटाङ । कालोपत्रको ठेक्का लिएको छ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ