पूर्णमान श्रेष्ठलाई मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधि



कर्णाली । मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गरेका छन् । व्यवस्थापन सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गरेका हुन् । सुर्खेतको वीरेन्द्रनगर– ५ निवासी उनी विश्वविद्यालयकै व्यवस्थापन केन्द्रीय क्याम्पसमा सहप्राध्यापक हुन् ।

उनले नेपाली कम्पनीहरुको शेयरको प्रतिफलमा फर्मको विशेषता र म्याक्रो इकोनोमिक चरहरुको प्रभाव विषयमा विद्यावारिधि गरेका हुन् । श्रेष्ठले विद्यावारिधिका लागि विश्वविद्यालय अनुदान आयोगबाट पूर्ण छात्रवृत्ति प्राप्त गरेका थिए । विश्वविद्यालयले पहिलोपटक २०७५ जेठमा विद्यावारिधिका लागि भर्ना आह्वान गरेको थियो ।

व्यवस्थापन सङ्कायका डिन प्रा डा दीपबहादुर रावलको अध्यक्षतामा सम्पन्न सोध भाइभा डिफेन्समा नेपाल तथा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

डीन कार्यालयका अनुसार सोध भाइभामा प्रा डा नारायणप्रसाद पौडेल, पूर्वमूल्याङ्कनकर्ता प्रा डा राधेश्याम प्रधान, शोध निर्देशक प्रा डा राजनबहादुर पौडेल, शोध सहनिर्देशक प्रा डा पुष्कर बज्राचार्य, बाह्य शोध मूल्याङ्कनकर्ता प्रा डा अञ्जनीकुमार मालवीय, बाह्य शोध मूल्याङ्कनकर्ता प्रा डा सदाय हमाल, प्रा डा चन्द्रप्रसाद रिजाल, अनुसन्धान समिति सदस्य डा अमृतकुमार शर्मा गैरेको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ

‘सडकमा अहिलेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ’

  काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा

कुलमानको जवाफः घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको छु, कारबाही गर्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका