चन्दा सङ्कलन गरेर एम्बुलेन्स सञ्चालन



बैतडी । चन्दा सङ्कलन गरेर बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा एमबुलेसन्स सेवा सञ्चालनमा ल्याइएको हो ।

स्वैच्छिक चन्दा सङ्कलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको संस्थाका सचिव दशरथसिंह नायकले जानकारी दिए । उनले भने, “अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम सङ्कलन गर्न सफल भएका छौँ । देश तथा विदेशबाट उठेको रकमबाट तथा सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याएको हौँ ।”

विसं २०७७ चैतबाट थालिएको अभियानमार्फत १३ लाख ८० हजार सङ्कलन भएको र १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको हो । बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सस्थाले जनाएको छ । मेलौलीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि खुसी लागेको स्थानीय रुवी नायकले बताए ।

उनले भने, “आपत्को घडीमा सवारी नपाउने अवस्था रहेकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सजिलो हुन्छ ।” एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै मेलौली नगर प्रमुख कृष्णसिंह नायकले सामाजिक सेवामा सपोर्ट सोसाइटी नेपालले खेलेको भूमिका र सक्रियताको प्रशंसा गर्दै एम्बुलेन्स सेवा सञ्चालन उदाहरणीय काम भएको बताए । उनले भने, “यो निकै सराहनीय काम हो, यसले समाज सेवा गर्न प्रेरितसमेत गर्छ ।” एम्बुलेन्स सेवा सञ्चालन अभियानले ग्रामीण भेगका सबै जनतालाई सहज हुने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार

बर्दगोरियामा विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ ।

तीस किलोको खुकुरी !, मूल्य १ लाख ११ हजार रुपैयाँ

पाल्पा ।  एउटै खुकुरीको मूल्य १ लाख ११ हजार रुपैयाँ भन्दा पत्यार नलाग्न

पर्वतमा निर्माणाधिन सडक योजनामा १६ करोड बजेट थप

पर्वत।  पर्वतमा निर्माणाधिन पाँच वटा सडक योजनालाई पूर्णता दिनका लागि थप बजेट विनियोजन