नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा हरि खड्का दोषी ठहर



काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्का नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । नेपाल प्रहरीमा जागिरे रहँदा बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा अख्तियारले खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बिहीबार मुद्दामा सुनुवाई गर्दै विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काले पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर गरेको हो ।

महानगरीय प्रहरी गण नम्बर २, मा दरबन्दी भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (केन्द्रीय खेलकुद समिति)मा कार्यरत सई खड्काको आईए (प्रविणता प्रमाणपत्र तह) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी परेको थियो । खड्का गत वर्ष राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य नियुक्त भएका थिए ।

उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्वप्रशिक्षकसमेत हुन् । नेपालमा २०७६ सालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद साग पछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

उनी १४ पुस २०५९ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए । खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपश्चात ६ वर्षसम्म पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने