७० लाख घुस लिने वन अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मिश्रले रक्त चन्दनको ठेक्का मिलाई दिन्छु भनी सेवाग्राहीबाट ७० लाख घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा उक्त रकम बिगो कायम गरी सजायका निम्ति बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । घुसबापतको रकम सेवाग्राहीलाई नै फिर्ता हुनुपर्ने मागदाबी गर्दै आयोगले उनका छोरा नवीनकुमारको बैंक खातामा ४० लाख जम्मा भएको जनाएको छ ।

आयोगले नवीनकुमारलाई पनि प्रतिवादी बनाउँदै ४० लाख बिगो मागदाबी मुद्दा दायर गरेको हो । आरोपी मिश्रलाई घुस रकम उपलब्ध गराउने ग्याल्जेन एण्ड तामाङ प्रालि र रसुवा ट्रेडिङ कम्पनीका प्रोप्राइटर लाक्पा ग्याल्जेन आफैँले २५ लाख दिएको पुष्टि भएकाले त्यति नै रकम बिगो कायम गरी मतियार बनेका उनको सम्पत्तिबाट बिगो भराउन माग गरिएको छ ।

ग्याल्जेनको मृत्यु भइसकेकाले सरकारी वा निजी बिगो क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्थाअनुसार कारबाही हुन माग गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,