सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै



काठमाडौं । नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो ।

दुगुनागढीको ऐतिहासिक र लिस्तीकोटको धार्मिक महत्वलाई उजागर गर्दै त्यस क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न तथा सैनिक–नागरिक सम्बन्ध विस्तारको उद्देश्यले प्रतियोगिता गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भोटेकोसी किनारस्थित सुक्खा बन्दरगाहबाट सुरु हुने सो प्रतियोगिता नयाँ पुल हुँदै दुगुनागढीसम्म २४.५ किलोमिटर दूरीको हुनेछ ।

सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार–व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ । खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीले भाग लिन पाउनेछन् ।

प्रतियोगितामा खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः एक लाख १० हजार, ७५ हजार र ५५ हजार, महिलातर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ६०, ३५ र २० हजार तथा जिल्लावासीतर्फको विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३०, रु २० र रु १५ हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आपराधिक गतिविधिमा संलग्न ११ जना पक्राउ

काठमाडौँ। आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा देशका विभिन्न भागबाट ११ जना पक्राउ परेका

घुससहित पक्राउ परेका किताबखानाका शाखा अधिकृत प्रसाईंसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना (शिक्षक) छाउनी, काठमाडौंमा कार्यरत शाखा

पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०