विद्यालयलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन महानगरको आग्रह



काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ ।

केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई समेत बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिकरुपमा कक्षा सञ्चालन भएको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

पुनःनिर्देशनको बेवास्था गरी विद्यार्थीको भौतिक सहभागितामा गतिविधि अघि बढाए कामपा कारबाही गर्न बाध्य हुने चेतावनी दिएको छ । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर तीव्ररुपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगरी वैकल्पिक माध्यमबाट सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ ।

सरकाले निर्देशनको बेवास्था गरी कामपाका भित्री वडामा विद्यालय सञ्चालन भएको जनगुनासो आएपनि कामपाले पुनः सूचना जारी गरेको र फेरि बेवास्था गरे थप कारवाही अघि बढाउने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । उनले भने, “महामारी नियन्त्रणमा सबैको साथ र सहयोग गर्नुपर्ने समयमा निर्देशनविपरीत विद्याालय सञ्चालन गर्नु हुँदैन, तत्काल बन्द गरेर कोरोना भाइ।रस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नुपर्छ ।”

अहिले काठमाडौँ उपत्यका कोरोना भाइरस सङ्क्रमणको केन्द्र बन्दै गएको छ । उपत्यकामा दैनिक सात हजार सङ्क्रमित देखिन थालेका छन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै सरकारले लोकसेवा आयोग र त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षासमेत स्थगित गरिसकेको अवस्था छ भने यातायातका साधनमा पनि जोरबिजोर प्रणाली लागू गरिसकेको छ । पछिल्ला केही दिनयता देशभरिमा दैनिक १२ हजारभन्दा बढी कारोना भाइरस सङ्क्रमण पुष्टि भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं ।  करिब १ अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा

डोटीमा यसवर्ष आठ करोडको सुन्तला उत्पादन

  डोटी । डोटी जिल्लामा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा

भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी