नोबेल र काठमाडौँ मेडिकल कलेजले सहमति उल्लङ्घन गरेः शिक्षामन्त्री



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरतसँग क्याम्पसले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिए/नलिएकोबारे अनुसन्धान गर्ने बताएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, विद्यार्थी सङ्गठनका प्रतिनिधि र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीसँगको छलफलमा उनले अनुसन्धानमा बढी शुल्क लिएको पाइएमा ऐन, कानून र नियमअनुरूप कारबाही गरिने विश्वास दिलाए ।

चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्या समाधान गर्ने दायित्व सरकारको भएको बताउँदै मन्त्री खाँणले भने, “अनुसन्धानमा जो कोही पनि दोषी पाइएमा सरकारले कानूनबमोजिम कारबाही गर्छ ।”

अनुसन्धानमा दोषी देखिए सरकारले आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर कारबाही गर्ने उल्लेख गर्दै गृहमन्त्री खाँणले विद्यमान कानूनको पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । “गल्ती गर्ने जो सुकै भए पनि कारबाही हुन्छ । चिकित्सा शिक्षामा देखिएको समस्यामा सरकार गम्भीर छ”, उनले भने, “अहिले देखिएको समस्या समाधानमा सरकार गम्भीर भएर लागेको छ, छिट्टै निकास निकाल्छ । अहिले मात्रै नभई भविष्यमा समस्या नआउने गरी समाधान गर्न हामी दृढ छौं ।”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेजले शिक्षा मन्त्रालयसहितका सरकारी निकायसँग गरेको सहमति उल्लङ्घन गरेको बताए । उनले राज्यका निकायलाई चुनौती दिने कलेज सञ्चालकलाई कारबाहीको दायरामा जसरी भए पनि ल्याइने दृढता व्यक्त गरे ।

गृहसचिव टेकनारायण पाण्डेले कलेज सञ्चालकले ठगेको प्रमाणसहित प्रक्रिया पुर्याएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएमा सरकारले कानूनी कारबाही गर्न पछि नहट्ने बताए । छलफलमा विद्यार्थी सङ्गठनका नेता, नोबेल र केएमसीमा अन्ययनरत विद्यार्थीले कलेज सञ्चालकले राज्यले निर्धारण गरेका ऐन, कानून र नियमलाई ठाडै चुनौती दिएकाले कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सडकमा अहिलेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ’

  काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा

कुलमानको जवाफः घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको छु, कारबाही गर्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका

पूर्वराजालाई विमानस्थलमा समर्थहरुको भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएका छन् । पोखराबाट चार्टर जहाजमार्फत