आयोगले भन्यो-माघको पहिलो साताभित्र स्थानीय तहको निर्वाचनको मिति तोक्नु



काठमाडौं । निर्वाचन आयोगले माघको पहिलो साताभित्रै स्थानीय तहको निर्वाचनको मिति तोक्न सुझाव दिएको छ । शुक्रबार राजनीतिक दलहरुसँगको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको भन्दै माघको पहिलो हप्ताभित्रै मिति तोक्नुपर्ने बताएका हुन् ।

स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्नुको विकल्प नरहेको भन्दै राजनीतिक दलहरूलाई आयोगले सचेत गराएको छ । बैठकमा प्रमुख आयुक्त थपलियाको माघको पहिलो हप्तासम्म निर्वाचन घोषणा हुनुपर्ने बताएका थिए । आयोगले आगामी २०८९ साल जेठ ५ गते भन्दा अगाडि नै निर्वाचन गरी पद बहाली गराउनुपर्ने बताएको छ ।

बैठकमा राजनीतिक दलका नेताहरुले निर्वाचन आयोगले प्रस्तावित गरेको वैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनेगरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका छन् ।

दलका नेताहरुले आगामी बैशाख १४ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका हुन् । निर्वाचन आयोगले यसअघि नै सरकारलाई जेठ ५ गते अघि नै स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरुले पदवहाली गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै जेठ १४ गते र २२ गते निर्वाचन गर्न सरकार समक्ष प्रस्ताव गरेको थियो ।

आयोगको सो प्रस्तावलाई दलहरुले समर्थन गर्दै त्यसका लागि छिटो मिति घोषणा गर्न सरकारलाई आग्रह गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनले कोरोना संकटका कारण राष्ट्रियसभाको निर्वाचनको मतदान केन्द्र र मतदान स्थल सकेसम्म सबै जिल्लामा रहने गरी आवश्यक व्यवस्था मिलाउन पनि निर्वाचन आयोगलाई सुझाव दिइएको बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले निर्वाचन आयोगले प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनको मितिमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए । उनले २०५४ सालमा स्थानीय तहको निर्वाचन सारे जसरी सार्न संविधानले नदिनेतर्फ सरकारलाई सचेत गराए ।

उपमहासचिव रिमालले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर भएपनि स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुको विकल्प नरहेको बताए । बैठकमा दलका नेताहरुले उमेर पुगेका सबै नागरिकले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने गरी मतदाता नामावली संकलनको काममा तीव्रता दिन पनि आयोगको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा काँग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टीलगायतका १५ दल सहभागी भएका थिए । दलहरुसँगको छलफलमा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति समयमै तोक्न सरकारलाई तत्काल आग्रह गर्ने जानकारी गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैनिक १९ हजार भन्दा बढी संक्रमित हुनसक्ने मन्त्रालयको प्रक्षेपण

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनाको दोस्रो साता नेपालका कोभिड संक्रमण

१०२५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा थप १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालन गर्ने महानगरको तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि

कोरोनाको निःशुल्क परीक्षण गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ