लेबननमा तैनाथ बर्दबहादुर गण सर्वोत्कृष्ट



काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ यूनीफील मिसन, लेबननमा तैनाथ श्री बर्दबहादुर गण (शान्ति सेना) सर्वोत्कृष्ट भएको छ । ६२ औं डफ्फाको रुपमा रहेको गणले उक्त अन्य १० राष्ट्रका गणहरुलाई पछि पार्दै सर्वोत्कृष्ट स्थान हासिले गरेको नेपाली सेनाले जनाएको छ ।

बर्दबहादुर गणमा कार्यरत नेपाली शान्ति सैनिकले आफ्नो जिम्मेवारी ईलाकामा गरेका उत्कृष्ट योगदानको कदर स्वरुप यूनीफीलका मिसन प्रमुख मेजर जनरल स्टेफानो डेल कोलले गणपतिलाई उत्कृष्टताको प्रतीक तथा प्रशंसा–पत्र प्रदान गरेका थिए ।

उक्त गणले मिशन ईलाकामा तैनाथ भएदेखि नै कोभिड–१९ को चरम मार खेपिरहेको आफ्नो जिम्मेवारी क्षेत्रको आठवटै पालिकाहरुमा कोभिड किट वितरण गरेको थियो ।

यस्तै, विभिन्न समयमा नगरपालिकामा वृक्षारोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वद्र्धन, गुणस्तरीय डेण्टल सेवा, विद्यालयमा स्टेशनरी वितरण, महिला स्वास्थ्य सम्बन्धि जनचेतना कार्यक्रमलगायत जनहितका कार्यक्रम गर्दै आएको थियो ।

यसैगरी, सेनाले ठूलो लगानीमा ‘कृषि पोखरी तथा सार्वजनिक बगैंचा’ निर्माण सम्पन्न गरेको बताइएको छ । जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा गणले लेवनान र इजरायलको सीमा क्षेत्रमा फैलिएको जैतुन खेतीको बाली भित्राउने कार्य मिशनको इतिहासमै पहिलो पटक सुरक्षित र शान्तिपूर्ण रुपमा सम्पन्न गरेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम । इलामको रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय

यसरी मानसिक तनावलाई नियमन गरौँ

-डा. गोविन्दशरण उपाध्याय । मानसिक तनाव (Mental Stress) भनेको मानसिक र शारीरिक अवस्था