नागरिकता माग गर्दै माईतीघर मण्डलामा धर्ना


काठमाडौं । सरकारसँग नागरिकता दिन माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा सोमबार धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन ।

उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाएका छन् । नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरुले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाई सरकारले नगरेको उनीहरुको गुनासो छ ।