पृथ्वी जयन्तीका अवसरमा पुस्तक प्रदर्शनी



काठमाडौं । नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले पुस्तक प्रदर्शनी शुरु गरेको छ ।

प्रदर्शनीमा साहित्य, समालोचना, बालसाहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत र विभिन्न ‘जर्नल’ गरी ४९० प्रकारका पुस्तक एवं पत्रपत्रिका प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री गरिने छ । नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुई वटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको प्रदर्शनीका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । प्रदर्शनी १५ दिनसम्म चलाउने तयारी गरिएको छ ।

पाठकको चाहना बढ्यो भने अवधि थप गर्न सकिने पनि उनले बताए । प्रदर्शनीमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान एवं सांस्कृतिक संस्थानबाट प्रकाशन गरिएका पुस्तक एवं पत्रपत्रिकासमेत राखिएको छ । ललितकला प्रज्ञा–प्रतिष्ठानका प्रकाशनमा भने ५० प्रतिशतसम्म सहुलियत दिइएको छ ।

पुस्तक प्रदर्शनी उद्घाटन गर्नुहुँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका नयाँ प्रकाशनका बारेमा जानकारी दिन पनि १५ दिने कार्यक्रम उपयोगी हुने बताए । पाठकको चासो बढ्यो भने प्रदर्शनीको अवधि थप गरिने उनले जानकारी दिए ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा तीनवटै प्रतिष्ठान र सांस्कृतिक संस्थानले सोमबार एकीकरण अभियानमा विभिन्न समुदायको सहभागिताका विषयमा प्रवचन कार्यक्रम आयोजना गरेका छन् । यस अवसरमा आजैदेखि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कला प्रदर्शनी सुरु गरिएको छ ।

पुस २७ गते सांस्कृतिक र्यालीसहित सिंहदरबारको पश्चिम मूलढोकामा पुगी पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रमसमेत राखिएको कुलपति उप्रेतीले जानकारी दिए । त्यसैदिन दिउँसो संस्थानको हलमा नेपालको विविध सांस्कृतिक झाँकीसहितको सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब लाग्ने

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि एक