कञ्चनपुरमा करिव दुई लाखले लगाए कोभिडविरुद्धको खोप



कञ्चनपुर । कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका सङ्ख्या एक लाख ९७ हजार २३३ पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ ।

जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४०० छ । कोभिडसिल्ड र स्ट्राजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ ।

खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत छ । बिहीबार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ ।

“माघ महिनादेखि नियमित रुपमा अन्य खोप जस्तै कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ,” अधिकृत कुवँरले भने, “बिदाको दिनबाहेक हप्ताको छवटै दिन पालिकामार्फत खोप लगाउनका लागि योजना बनाउँदैछौँ ।” कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए ।

“तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाई सकिएका छौँ,” उनले भने, “अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ ।” भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थारू सीप र संस्कृतिको प्रवर्द्धन गरौँ : सभापति देउवा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले सुशासन

विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैनः नेता भण्डारी

गुल्मी ।  कांग्रेस केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका

अध्यादेशमा सघाउन एमालेले गरेको प्रस्ताव माओवादीद्वारा अस्वीकार

गुल्मी । नेकपा एमालेले संसदमा अध्यादेश स्वीकृतिका लागि नेकपा माओवादी केन्द्रको सहयोग मागेको

कस्तो बन्दै छ पाथीभरामा केबलकार ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणले पाथीभराको धार्मिक