माओवादी केन्द्रीय सदस्यले लिए शपथ



काठमाडौं , नेकपा माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा सोमबार आयोजित केन्द्रीय समितिको बैठक अघि नवर्निवाचित केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन् ।

नवनिर्वाचित केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले शपथ गराए । यही पुस ११ गतेदेखि शुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आइतबार खुल्लातर्फ १११ र समावेशीतर्फ १२५ गरी २३६ केन्द्रीय सदस्य चयन गरेको थियो । माओवादीको विधानले केन्द्रीय समिति २९९ सदस्यीय बनाउने व्यवस्था गरेको छ ।

१५ प्रतिशत केन्द्रीय समितिले मनोनयन गर्नेछ । शपथपछि केन्द्रीय समितिको पहिलो बैठक शुरु भएको छ । केन्द्रीय समितिले पदाधिकारी चयन गर्नेछ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, छ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी हुने व्यवस्था छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

संसदीय छानबिन समितिको टीओआरमा रविको नाम राख्नुपर्ने कांग्रेसको अडान, सत्तापक्ष राख्न नहुने पक्षमा

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेशबारे सत्तापक्ष र प्रतिपक्षी दलबीच सहमति जुटेको छैन

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण

खोकनाका ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी संरक्षणको पर्खाइमा

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी