निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोत साधनको आँकलनबारे मन्त्रालयका पदाधिकारीसँग छलफल



काठमाडौं । सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल सुरु गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार विभिन्न मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे सुझाव लिईएको छ ।

बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका विषय तथा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आँकलन र व्यवस्थापनसम्बन्धी विविध विषयमा छलफल भएको हो ।

बैठकमा अर्थ, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलगायत सबै सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो । बैठकमा विभिन्न प्रस्ताव आएका र प्राप्त सुझावका आधारमा योजना बनाउने, स्रोत साधनको आँकलन गर्ने, व्यवस्थापन गर्नेलगायत विषयमा पुनः छलफल गरेर अघि बढ्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम । इलामको रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय

यसरी मानसिक तनावलाई नियमन गरौँ

-डा. गोविन्दशरण उपाध्याय । मानसिक तनाव (Mental Stress) भनेको मानसिक र शारीरिक अवस्था