केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सुरक्षासहित मुलुकको समग्र शान्ति सुव्यवस्थाका विषयमा समीक्षा र विश्लेषण गरिएको छ ।

गृह मन्त्रालयमा आइतबार भएको समितिको बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गते १९ सदस्य पदका लागि हुँदैछ । उक्त निर्वाचनका लागि मुलुकका विभिन्न प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्र  तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचन र आउँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने सन्दर्भमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । सुरक्षाका बहुआयामिक पक्षको व्यवस्थापन गर्ने र निर्वाचनको तयारीस्वरूप सुरक्षा प्रबन्ध मिलाउन समितिको बैठक बसेको उनले बताए ।

बैठकमा रक्षा मन्त्रालय सचिव वेगेन्द्र शर्मा पौड्याल, गृह मन्त्रालयका सचिव पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र गृह प्रवक्ता कोइरालालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६०

अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण

लमजुङ । लमजुङ दरबार बजेट अभावले पुन निर्माण अझै सम्पन्न हुन सकेको छैन

तनहुँमा ४२ करोड ५० लाखको सुन्तला बिक्री

दमौली (तनहुँ) । तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी  ४२ करोड ५०

१२ किलोको काउली फलाएका खत्री भन्छन्– विदेश जाने सोच आएन

बागलुङ। बागलुङ नगरपालिका– ९ तित्याङ थापाथरका पदम खत्रीले १२ केजीको काउली फलाएका छन्