प्राविधिकतर्फका दुई एसएसपी डिआइजीमा बढुवा गर्न सिफारिस



काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहतर्फ दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवा गर्ने सिफारिस गरेको हो ।

डा श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत