नेपालमा थप एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि



काठमाडौं । नेपालमा थप एकजनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्रले थप एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन् । यसअघि डिसेम्बर ६ मा दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको थियो ।

अहिले सङ्क्रमण पुष्टि भएका व्यक्तिसँग सम्पर्कमा रहेकाहरूको पनि जाँच गर्ने काम भइरहेको प्रवक्ता मिश्रले जानकारी दिइन् । पछिल्लो सङ्क्रमणको घटना पुष्टिसँगै नेपालमा तीन जनामा कोरोनाभाइरसको यो भेरियन्ट देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले बताए ।

ओमिक्रोन भेरियन्ट कोरोनाभाइरसको अरू भेरियन्ट भन्दा द्रुत गतिमा फैलिने वैज्ञानिकहरूले बताउँदै आएका छन् । हाल यो भेरियन्टले धेरै देशमा ठूलो सङ्ख्यामा सङ्क्रमण वृद्धि गराएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा मिनीट्रक दुर्घटना हुँदा १९ वटा चौपायाको मृत्यु

  मुग्लिन  । चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन्

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्पपछि आसपासका देशहरुमा सुनामीको चेतावनी

बीबीसी । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आसपासका

अर्थतन्त्रको सवलीकरणका लागि सबैको साझा प्रयास र सहयोग जरुरीः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले पहल

जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …

काठमाडौं ।  विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक