बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप



बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएका र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ । पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । सरकारद्वारा खोप उपलब्ध पर्याप्त मात्रामा गराएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सङ्ख्या बढेको हो ।

प्रदेशमा अहिले पनि सात लाख ८३ हजार ३१ जनाले खोप लगाउन बाँकी रहेको बताइएको छ । कोरोना सङ्क्रमणविरुद्ध कोभिशिल्ड, भेरोसेल, एस्ट्राजोनिक र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ । यसैबीच मकवानपुर जिल्लामा कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनस्वास्थ्य कार्यालयले मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा ५९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । तीमध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा ८८ प्रतिशत रहेका छन् ।

ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रमा २४ देखि ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा ५९ प्रतिशतले एक पटक र ५१ प्रतिशतले पूर्ण खोप लगाएका कार्यालयले जनाएको छ । जिल्लामा १८ वर्षमाथिका तीन लाख चार हजार ६४७ जनसङ्ख्या रहेको र चालु आर्थिक वर्षमा सबैलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरे बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठमेलमा प्रहरी कुटपिटका मुख्य योजनाकार एमाले अखिलका नेता फरार, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेललस्थित सडकमा माघ २४ गते ड्युटीमा रहेका दुईजना प्रहरीलाई कुटपिट

काठमाडौँको फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई

वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’

  काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अवनिभूषण उपाध्यायको पुस्तक ‘मान्छेको मुटु’ सार्वजनिक

सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बस रत्न राजमार्गअन्तर्गत बबईमा दुर्घटना

सुर्खेत । सुर्खेतबाट कोहलपुरतर्फ गइरहेको बस रत्न राजमार्गअन्तर्गत बबईमा दुर्घटना भएको छ ।