एनआरएनएको निर्वाचन प्रक्रिया नरोक्न उच्च अदालतको आदेश



काठमाडौँ । उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघ(एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।

आइतबार उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाकोे एकल इजलासले परराष्ट्रको निर्देशन कार्यान्वयन नगर्न भन्दै मंसिर १९ गते परराष्ट्र र एनआरएनए दुवै पक्षलाई छलफलका लागि बोलाएको उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए । अदालतको आदेशसँगै एनआरएनएका अध्यक्ष कुमार पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचन प्रक्रिया जारी राख्न पाउने छ ।

परराष्ट्र मन्त्रालयले असोज ११ र कात्तिक १७ गते पत्राचार गरी निर्वाचनबारे विभिन्न निर्देशन दिएको थियो । परराष्ट्रको पत्राचार स्वेच्छाचारी र प्रतिगामी भएको भन्दै एनआरएन अध्यक्ष कुमार पन्तले अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा-बागलुङ यात्रा

गण्डकी । गण्डकी यातायात सेवा प्रालिले पोखरा-बागलुङ र पेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो

दरबार हत्याकाण्डबारे छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डबारे आफूले जनताको

एकीकृत समाजवादीको ‘समाजवादी अभियान’ सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुशासन, रोजगारीलगायत विषय केन्द्रित देशव्यापी

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९