अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक



काठमाडौँ । सरकारले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ । अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएको भन्दै अर्को आदेश नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिन आइतबार निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेकका सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको जानकारी दिए ।

यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिन निर्देशन दिइएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि युरोप, अमेरिका, इजरायल लगायतका मुलुकले अफ्रिका भ्रमणमा रोक लगाएका छन् भने विदेशी नागरिकलाई अनिवार्य १४ क्वारेन्टीन बस्नुपर्ने नियम लागू गरेका छन् । त्यस्तै अफ्रिकी मुलुकमा हुने उडानसमेत स्थगित गरेका छन् । ओमिक्रोन अफ्रिकी मुलुक लगायत केही युरोपेली देशमा समेत देखापरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र

समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म पुग्यो मोटरसाइकल

ताप्लेजुङ । समुद्री सतहबाट पाँच हजार १०० मिटर उचाइमा रहेको ताप्लेजुङको टिप्ताला भञ्ज्याङसम्म

कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौं ।  करिब १ अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा

डोटीमा यसवर्ष आठ करोडको सुन्तला उत्पादन

  डोटी । डोटी जिल्लामा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको