अफ्रिकी मुलुकबाट आउने यात्रुलाई नेपालमा क्वारेन्टीन अनिवार्य



काठमाडौं । कोरोना भइरसको ओमिक्रोन भेरियन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाई यात्रुलाई अनिवार्य क्वारेन्टीन राख्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई एक साताको क्वारेन्टीन अनिवार्य गर्ने निर्णय भएको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमणको जोखिम उच्च रहेको जनाउँदै ’भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाउनुका साथै निगरानी बढाएका छन् । नेपालले खोप नलगाई आउने यात्रुहरूलाई एक हप्ताको क्वारेन्टीन अनिवार्य गरे पनि पूर्ण मात्रामा खोप लगाइसकेका यात्रुहरूलाई होटेल क्वारन्टीन अनिवार्य गरेको छैन। विदेशबाट आउने यात्रुहरूलाई विमानस्थलमा एन्टिजन परीक्षण गर्ने गरिएको छ ।

दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको ओमिक्रोन भेरियन्ट हालसम्म हङकङ, बेल्जियम र इजरायलसहितका देशहरूमा फैलिएको पाइएको छ । खोप लगाइसकेका मानिसहरूलाई समेत सङ्क्रमणको जोखिम भएको नयाँ भेरियन्ट भित्रिन नदिन विदेशबाट आउने यात्रुहरूलाई नेपालले अनिवार्य क्वारन्टीन र दोहोर्याएर पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठमेलमा प्रहरी कुटपिटका मुख्य योजनाकार एमाले अखिलका नेता फरार, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेललस्थित सडकमा माघ २४ गते ड्युटीमा रहेका दुईजना प्रहरीलाई कुटपिट

माओवादीका कुन नेताले पाए कुन जिम्मेवारी ?(सर्कुलरसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । माघ

पार्टीभित्र बलियो एकता कायम हुन सके निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन : सभापति देउवा

घोराही (दाङ) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके

काठमाडौँको फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार दिउँदो स्कुल बस दुर्घटना हुँदा दुई