एमालेको महाधिवेशन होइन, ‘कुम्भमेला’ होः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् ।

शनिबार पार्टीका देशभरका पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशनमा विचार र बहसलाई कुनै ठाउँ नदिइएकाले त्यसलाई महाधिवेशन भन्न नमिल्ने बताएका हुन् । उनले एमालेको महाधिवेशन र माओवादीले आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन नसक्ने बताए ।

उनले भने, ‘हिजो हामीले कुम्भमेलाजस्तो मेला देख्यौं । जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ ।’ अध्यक्ष प्रचण्डले सम्मेलनमा माओवादीले विचारको बहसलाई प्राथमिकता दिने बताए । उनले भने, ‘अरुका तथाकथित अधिवशेन र हाम्रो विचार निर्माण, विचार विकास र विचार संश्लेषणको, सम्मेलनको कुनै तुलना हुन सक्दैन ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको संविधानसँगै गणतान्त्रिक व्यवस्था उल्ट्याउने षड्यन्त्रको अंगका रूपमा अगाडि आएको बताए । उनले ओलीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीले साथ दिएको बताए ।

उनले नेकपा एकताको सहमति तोडेर ओली गुट बाहिर गएपछि समस्या सुरु भएको पनि बताए । उनले भने,’हामीबीच त्यसबेला आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भएको थियो । तर ओलीले बेइमानी गरे। त्यसैकारण उनलाई पार्टीबाट निष्कासन समेत गरेका थियौँ।’ प्रचण्डले पछिल्लो समय माओवादीप्रति देशभर जनाधार बढ्दै गएको बताए ।

उनले माओवादी कमजोर भयो भने पार्टी मात्र नभई राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति अडिग रहन निर्देशन दिए । माओवादीको विचार र प्रवृत्ति क्रान्तिकारी रहेको भन्दै अध्यक्ष प्रचण्डले यस बीचमा जति क्रान्तिकारी सक्रिय हुनुपर्ने हो त्यो हुन नसकेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६