अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन सभामुख स्पेन प्रस्थान



काठमाडौं । अन्तर व्यवस्थापिका संघ (आई पी यू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति स्पेन प्रस्थान गरेका छन् ।

प्रतिनिधिमण्डल बुधबार बेलुका ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । सभामुख नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्यदेव प्रसाद गुरुङ, लक्ष्मी कुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई छन् ।

यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव डा भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी सहभागी छन् । अन्तर व्यवस्थापिका संघ (आई पी यू) र स्पेनको संसदको आयोजनामा यहि मंसिर १० देखि १४ (२६ देखि ३० नोभेम्बर २०२१ ) स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलन हुँदै छ ।

सो सम्मेलनमा ‘Contemporary Challenge to Democracy: Overcoming Division and Building Community’ शीर्षकमा सभामुखले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी २८ नोभेम्बरमा स्पेनको म्याड्रिडमा आयोजना हुने Meeting of the Parliamentary Network of the Non-Aligned Movement  मा सभामुख सापकोटाले भाग लिई बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल यही मंसिर १६ गते स्वदेश फर्कनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

एमालेका कारण सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशङ्का

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ । नेकपा (एकीकृत समाजवादी)पार्टी,

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका