सर्वोच्च अदालतमा मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकिने



काठमाडौं । सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशको बिहीबार बस्ने पूर्ण बैठक (फूलकोर्ट) ले यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गर्नेछ ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीशको बुधबार बसेको अनौपचारिक बैठकले सर्वोच्च प्रशासनसँग सहमति गरी पूर्ण बैठक बस्ने र गोलाप्रक्रियाबाट सुनुवाइ गर्ने तय गरेको हो । सर्वोच्च अदालतका १९ न्यायाधीशले सर्वोच्च अदालतमा पूर्ण बैठक बस्नुअघि नेपाल बार एशोसिएशनका प्रतिनिधिसँग आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा छलफल गर्ने तयारीसमेत रहेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको यही मङ्सिर २ गते बिहीबारको पूर्ण बैठक (फूलकोर्ट) ले गोलाप्रक्रियासहित नियमावली पास गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार सोमबार राजपत्रमा प्रकाशितसमेत भइसकेको छ । गोलाप्रक्रियाबाट मुद्दाको पेसी तोकी सुनुवाइ गर्नुपर्ने माग सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसिएशनको पनि थियो । उक्त माग पूरा हुने भएको छ ।

सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

काठमाडौं । नेपाल सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी ‘वाटर फ्रम द हिमालय’

पर्यटन प्रवर्द्धनका लागि ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान चलाइने

  काठमाडौं । नेपाल सरकारले सन् २०२३–२०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा

वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइने

काठमाडौं  सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ