माओवादी नेता बन्जाडेको सवारी दुर्घटनामा मृत्यु



बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा परी निधन भएको छ । बुटवलको जितगढीमा मंगलबार साँझ दुर्घटनामा परेका बन्जाडेको बुधबार बिहान  बुटवलको मर्सीसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीले जानकारी दिएका छन् ।

बन्जाडे सवार लु २६ प५८९८ नम्वरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको यात्रु बसले ठक्कर दिएको थियो। बन्जाडे सवार मोटरसाइकल जितबहादुर राना मगरले चलाएका थिए । उनी समेत घाइते छन् । बुटवलको जितगढीका स्थायी बासिन्दा ५६ वर्षीय बन्जाडेका श्रीमती एक छोरा र एक छोरी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।