सर्वोच्चका न्यायाधीशको भद्र अवज्ञा होइन, हुलदंगा हो : अधिवक्ता नेपाल(भिडियोसहित)



काठमाडौं । एकजना अधिवक्ताले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनले नेपाल बार एसोसिएसन विचौलिया भएको प्रमाणित गरेको बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम बहसमा कुरा गर्दै अधिवक्ता नेपालले भ्रष्टाचारीहरुलाई जोगाउन बार र बरिष्ठ अधिवक्ताहरु लागिपरेको आरोप लगाएका हुन् । उनले बारले अहिले गुण्डागर्दी गरेको र सर्वोच्चका न्यायाधीशहरुले हुलदंगा गरेको बताए ।

उनले भने,‘बारले बहस गर्नुहुन्न सेटिङमार्फत मुद्दा छिन्नुपर्छ भन्छ, वार्तामा बस्दिन भन्छ, यस्तो कहाँ हुन्छ ? न्यायाधीशहरुको माग के हो ? उनीहरुले प्रधानन्यायाधीशलाई माग पत्र दिए त ? जनतामा ल्याए त ?भद्र अवज्ञा त पूर्वघोषणा गरेर गरिन्छ । तर न्यायाधीशहरुले पनि हुलदंगा गर्छन् ?’ उनले न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणको मुद्दासमेत नहेरेको भन्दै आपत्ति जनाए । वकिलले सर्वोच्च अगाडि गएर रुने, बहस नगर्ने र संवाद गर्दिन भनेको भन्दै यसबाट संसार अचम्मित भएको बताए । उनले वकिलहरु लाइसेन्सधारी गुण्डा भएको आरोपसमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख

ढुक्क हुनुस् वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैनः पूर्वप्रधानमन्त्री खनाल

मोरङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान