प्रधानन्यायाधीशलाई महाभियोग लगाउन बारले माग्यो सभामुखको सहयोग



काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बहिर्गमनका लागि सभामुख अग्नि सापकोटासँग सहयोग मागेको छ ।

सोमबार सभामुखलाई ज्ञापनपत्र बुझाउँदै बारले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सहयोग मागेको हो । प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे संसदको ध्यानाकर्षण गराउन भन्दै बारको टोलीले सभामुखलाई ज्ञापन पत्र बुझाएको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकबाट राजीनामा माग्दैमा राजीनामा नदिने अभिव्यक्ति दिएकाले सभामुखको सहयोग माग्न आएको बताए । बारले जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको आरोप लगाउँदै आएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाईमा एक महिनादेखि कानुन व्यवसायी आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८

आगामी निर्वाचनका लागि ४० दल दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४०

सेना र प्रहरी पनि हाम्रै पक्षमा छन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई पराजित गर्नका