प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ स्थगित



काठमाडौं । भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ स्थगित भएको छ । आइतबारका लागि राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आवश्यक न्यूनतम् सङ्ख्या नपुगेपछि स्थगित गरिएको हो ।

पन्ध्र सदस्यीय समितिमा हाल १२ सदस्य रहेकामा आज पाँच जना मात्रै उपस्थित रहेकाले आवश्यक सङ्ख्या नपुग्दा बैठक स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरु पार्टीका विभिन्न तहका अधिवेशनमा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसदहरु पनि महाधिवेशनमा व्यस्त रहेका कारण आजको बैठकमा आवश्यक सङ्ख्या नपुगेको उल्लेख गर्दै सभापति कर्णले अर्को बैठक यही मङ्सिर १७ गतेका लागि तय गरिएको पनि जानकारी दिए ।

समितिको आजै तीन वटा बैठक राखेर पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र तेस्रो बैठकमा प्रस्तावित व्यक्तिसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

सरकारले केही समयअघि नेपालसँग घनिष्ठ सम्बन्ध रहेका भारतका लागि डा शङ्कर शर्मा, अमेरिकाका लागि प्रा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइका लागि गत कात्तिक १२ गते समितिमा प्रस्ताव आएको थियो । समितिमा प्रस्ताव दर्ता भएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने कानूनी प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास