सर्वोच्च अदालतका ११ वटा इजलासमा तोकियो पेसी



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोकेका छन् ।

उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन । प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका छन् । गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गरेका थिए । सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किएका छन् । अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु