अमेरिकी सहायक विदेशमन्त्रीसँगको भेटमा प्रचण्डले भने -डिसेम्बर १४ भन्दा अघिको नै एमसीसीबारे ठोस निर्णयमा पुग्छौं



काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

भेटमा विदेशमन्त्री लूले एमसीसी तथा अन्य सहयोगका विषयमा कुराकानी गरेका छन् । लूसँगको भेटपछि अध्यक्ष प्रचण्डले छलफलबाट आफू सन्तुष्ट भएको बताएका छन् । भेटमा लूले नेपालको शिक्षा स्वास्थ्य र स्वच्छ उर्जाको क्षेत्रमा विशेष सहयोग गर्ने बताएका थिए ।

भेटमा अध्यक्ष प्रचण्डले एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने सहायक विदेश मन्त्री लू लाई जानकारी गराएको जानकारी दिए । उनले अमेरिकाले दिएको डिसेम्बर १४ भन्दा अघिको समयसीमा भित्र ठोस निर्णयमा पुग्ने पनि बताए । लूसँग नेपालको समग्र विकास प्रक्रिया नेपालको विकासको सम्भावना बढी कुन क्षेत्रमा छ भन्ने बारेमा कुराकानी भएको अध्यक्ष प्रचण्डले जानकारी दिए ।

प्रचण्डले भने,‘नेपालको शान्ति प्रक्रियाकाबारेमा कुरा भयो । एमसीसीकाबारेमा कुरा भयो । एमसीसीको बारेमा मैले प्रष्टसँग भने हामी एमसीसी फिर्ता जाओस् भन्ने पक्षमा विल्कुल छैनौँ । किनभने त्यत्रो पैसा नेपालमा इन्फास्ट्रक्चरको लागि आवश्यक छ, तपाईहरु पैसा दिन तयार हुनुहुन्छ, हामी लिन तयार छौँ । यहाँ केही कन्फ्यूजनहरु छन्, पहिला ओर्जिनल डकुमेण्ट जस्तो थियो, अहिले छैन, त्यसले कन्फ्युजन छ । अल पार्टी मिटिङमा हामी छलफल गर्छौं, हामी डिसेम्बर १४ अघि एउटा टुंगोमा पुग्छौँ ।’

त्यस्तै सहायक विदेशमन्त्री लूले एमाले अध्यक्ष ओलीसँग पनि भेट गरेका छन् । भेटमा मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता जनाएका नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए । भ

ट्टराईले सहायक विदेशमन्त्री लूले अध्यक्ष ओलीसँग नेपालमा अमेरिकाले केही नयाँ क्षेत्र (क्लिन इनर्जी) को क्षेत्रमा पनि सहयोग गर्ने चासो दिएको बताए । मन्त्री लूले एमसीसीको बारेमा राखेको प्रश्नको उत्तरमा अध्यक्ष ओलीले आफू सरकारमा नभएको बेलामा बोल्ने स्थिति नभएको भन्दै सरकारमा भएका दलहरुले गरेको निर्णय हेरेर आफ्नो निर्णय बनाउने बताएका थिए ।

बुधबार नेपाल आएका लूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए । प्रधानमन्त्रीसँगको भेटमा पनि उनले एमसीसी छिटो अनुमोदन गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

चीनको नजिकको छिमेकी नेपालले पनि जिडिआइको सफलताबाट उल्लेखनीय लाभ उठाउन सक्छः उपाध्यक्ष पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी