प्रधानमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु बीच भेटवार्ता भएको हो । भेटमा दुई देशबीच आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री देउवा र लुबीच नेपालमा कोभिडले पारेको असर, कोभिडपछिको आर्थिक पुनरोत्थान र कोरोना विरुद्धको भ्याक्सिनको सहयोग लगायत विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै, प्रधानमन्त्रीले नेपालको ग्रिन क्लिन विकास गर्ने उद्देश्यले हालै भएको कोप–२६ मा गरेको सम्बोधनको क्रमशः कार्यान्वयन गर्ने सिलसिलामा अमेरिकाबाट आर्थिक र प्राविधिक सहयोगका लागि आग्रह गरेका छन् । जवाफमा सहायक विदेशमन्त्री लु ले नेपाललाई अमेरिकाले गर्दै आएका त्यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तर उपलब्ध गराउने आश्वास्त पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज