‘न्यायाधीश र कानुन व्यवसायीले तिरस्कार गरिसकेपछि पनि न्यायपालिका चलाउन आँट गर्नु प्रधानन्यायाधीशको दिवा सपना’



काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले सर्वोच्च अदालतका अन्य न्यायाधीशले प्रधानन्यायाधीशसँग बेञ्च सेयर गरे आफूहरुले बेञ्च बहिष्कार गर्ने बताएका छन् ।

बिहीबार नेपाल बार एसोसिएसन परिसरमा विरोध प्रदर्शनपछि सम्बोधन गर्दै शाक्यले प्रधानन्यायाधीशसँग न्यायाधीशहरुले बेञ्च सेयर गरेमा बारले बेञ्च बहिष्कार गर्ने बताएका हुन् । उनले प्रधानन्यायाधीशलाई वैधता दिने काम आफूहरुले स्वीकार नगर्ने बताए ।

उनले भने,‘हरिकृष्ण कार्कीको प्रतिवेदनको पनि एउटा महत्वपूर्ण हाम्रो माग हो । त्यस प्रक्रियामा जानेकुरामा हामीलाई केही पनि भन्नु छैन ।तर त्यो गोलाप्रथाबाट यदि प्रधानन्यायाधीशले गोला लिने र उहाँको बेञ्चमा बस्ने कार्य भयो भनेदेखि त्यसको हाम्रो घोर आपत्ति हुन्छ । र जुन न्यायाधीशले प्रधानन्यायाधीशसँग बेञ्च सेयर गर्छ त्यो बेञ्च हाम्रो वहिष्कार हुन्छ । हामी त्यसमा बहस गर्दैनौँ ।’

शाक्यले न्यायाधीशहरु र कानुन व्यवसायीहरुले तिरस्कार गरिसकेपछि पनि न्यायपालिका चलाउनु भनेर आँट गर्नु प्रधानन्यायाधीशको दिवा सपना मात्र भएको बताए । उनले प्रधानन्यायाधीशले बहिर्गमनको बाटो नलिएमा सर्वोच्च अदालत प्रवेश गर्ने वैकल्पिक बाटो पनि बन्द गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर