कानुन व्यवसायीको प्रदर्शनमा प्रहरी हस्तक्षेप, केही घाइते



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीलाई सर्वोच्च अदालत प्रवेशमा प्रहरीले रोक्ने क्रममा झडप भएको छ ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज गरेपछि केहीबेर झडपको स्थिति सृजना भएको थियो । प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत केही कानुन व्यवसायी घाइते भएका छन् ।

बिहीबार सर्वोच्चको मूल गेटमा धर्ना दिन पुगेका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्ने वैकल्पिक प्रवेशद्वार तर्फ जान खोजेपछि प्रहरीसँग विवाद भएको थियो । कानुन व्यवसायीको आन्दोलनका कारण प्रधानन्याधीश राणा मूल गेटबाट नभइ महान्यायाधिवक्ताको कार्यालय तर्फको वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गर्दै आएका छन् । सर्वोच्च परिसरमा दैनिकरुपमा कानुन व्यवसायीले प्रदर्शन गर्न सर्वोच्चमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने